बैशाख १४, २०८१ शुक्रबार

हामी जित्छौँ, जनमत संग्रह गरौँ : विप्लव

बुटवल । नेकपाका महासचिव विप्लवले पूँजीवाद ठीक कि समाजवाद ठीक भन्नेबारे जनमत सङ्ग्रह गर्दा आफूहरूले जीत्ने ठोकुवा गरेका छन् । महासचिव विप्लवले भने, ‘हाम्रो हातमा सत्ता आयो भने हामी देशलाई उलट्पुलट पार्छौं ।  हामी झुक्दैनौँ । विदेशी आएर पार्टी बनाइ दिने समाजवाद चाहिँदैन । ल चुवानमा आउन त । पूँजीवाद ठीक कि समाजवाद ठीक । ल लडौँ न त ।’

बुधबार काठमाडौँमा रेड फ्रन्ट नामक म्याग्जिनको बिमोचन गर्दै महासचिव विप्लवले हरेक विद्रोह अग्रगामी हुने बताएका हुन् । उनले अहिले पूँजीवादप्रति पूँजीपतिहरू नै सन्तुष्ट नभएको पनि दाबी गरे । ‘हरेक विद्रोह अग्रगामी हुन् । पूँजीवादप्रती पूँजीपतिहरू नै सन्तुष्ट छैनन् । पूँजीवादले काम चल्दैन,’ उनले भने, ‘पूँजीवादका सबै पक्ष अस्वीकार गर्नुपर्छ भन्ने होइन । केही देशमा केही मान्छेसँग यति धेरै धन थुप्रिएको छ । त्यो आवस्यक हो कि होइन । नेपालका कयौँ पार्टीहरू लगायत दलाल पूँजीवाद नै नेपाली जनताको दुर्दशा हो ।’

महासचिव विप्लवले नेपालमा सरकार बनाउँदा, पार्टी एक हुँदा, पार्टी फुट्दा पनि विदेशी चाहिने भन्दै दलालीकरणको भद्दा रुपमा भएको टिप्पणी गरे । ‘पार्टी एकता गर्दा गर्दा, फुटाउँदा, सरकार बनाउँदा वा ढलाउँदा पनि विदेशी चाहिने । यो राजनीतिक दलालीकरणको भद्दा रूप हो,’ उनले भने, ‘जमिन सबै दलालहरूको हातमा छ । नेपालको धर्ती यहीँ छ तर जीवनभर काम गरेर किन्न सकिँदैन ।’

जनताले समान अवसर पाउनुपर्छ भनेर आफूहरू क्रान्तिमा लागिरहेको उनको भनाई थियो । ‘जनताले समान अवसर पाउनुप¥यो । पूँजीवादको ठेक्का हो ? यीनका छोराछोरी मात्रै पढ्ने ? यीनले मात्रै खाने ? यीनलाई लखेट्नुपर्छ,’ आक्रोशित हुँदै विप्लवले भने, ‘नेपाली युवा विदेशीनबाट रोकिनु पर्छ ।’

उनले हरेक सत्ताले एउटा लुटेराको समूह बनाउने र त्यसले कहिल्यै नजित्ने पनि दाबी गरे । ‘हरेक सत्ताले एउटा लुटेरा समूह बनाउँछ । लुटेरालाई कसले भोट हाल्छ?,’ उनले थपे, ‘हामी जित्छौँ । जनमत संग्रह गरौँ । भ्रमित हुन जरुरी छैन । सबैले समाजवाद भन्ने अनि डराउने ? ल चुनाव लडौँ न त । हामीलाई प्रतिबन्ध किन लाको ? हामीलाई त पुरस्कार पो दिनु पर्छ ? बालुवाटरमा जग्गा बेचेर खानेलाई कारबाही नगर्ने ? हामीलाई प्रतिबन्ध लाउने ?’

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]