जेष्ठ ११, २०८२ शनिबार

असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना

झापा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।

इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भएका छन् । ती घटनामध्ये पत्नी हत्याका छ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको तीन, बलात्कार प्रयासपछि हत्याको एकसहित २२ जनाको हत्या भएका घटना अभिलेख गरिएको छ ।

यो अवधिमा झडपमा १२ जनासहित १५ जना घाइते भएका छन् । गिरफ्तारीका घटनामा तीन महिलासहित ३० जना, कुटपिटबाट पाँच जना, धम्कीका घटनामा एक जना र यातनाका घटनामा एक जना पीडित भएका छन् । बालअधिकार उल्लङ्घनका घटनामा परी ५३ जना बालिका पीडित भए भने महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भएको इन्सेकले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]