जेष्ठ ११, २०८२ शनिबार

साउन १३ गतेदेखि बिर्तामोड शिल गर्ने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले साउन १३ गते राती १२ बजेदेखि १९ गते राती १२ बजेसम्म शिल गर्ने निर्णय गरेको छ । नगरपालिकामा भइरहेको छलफलमा १३ गतेबाट एक हप्ता शिल गर्ने सहमति भएको हो । बैठकले बजारलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यो पटकको बन्दाबन्दीमा खाद्यन्न समेत खुला गर्न नदिने बताइएको छ ।

बैठकमा बिर्तामोड नगरपालिकाका मेयर धु्रव कुमार शिवाकोटीसहित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, वाणिज्य संघका प्रतिनिधि र सुरक्षा निकायका प्रमुख सहभागी छन् ।

बिर्तामोड नगरपालिकाभित्र शनिवारसम्म ५३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । सक्रिय संक्रमितको संख्या ५३४ जना छ भने अस्पतालमा १३ जना उपचाररत छन् । यहाँ हरेक दिन ५० भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ ।
यसअघि झापाको बुद्धशान्ति, कनकाई र दमकले शिल गरिसकेको छ भने अर्जुनधारामा आंशिक रुपमा शिल गरिएको छ ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार  ३ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]