जेष्ठ ११, २०८२ शनिबार

जसपाको आधिकारिकता फैसला आज

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।

महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । 

दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ । 

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ । 

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आफूतिर रहेका नेताहरु अर्को पक्षमा जान सक्ने भएकाले यादव पक्षले आफ्ना सदस्यहरुलाई हिजैदेखि रिसोर्टमा राखेको छ । 

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]