बिर्तामोडमा मात्रै ७२ जनालाई संक्रमण पुष्टि
बिर्तामोड । बिर्तामोडमा आज ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २९ जना महिला सहित ७२ जनामा कोरोना पुष्टि भएको कोभिड फोकल पर्सन ओम खड्काले जानकारी दिए ।
नगरपालिकाका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । नगरपालिकाले आइतवारको बैठकबाट १३ गतेदेखि शिल गर्ने घोषणा गरिसकेको छ । नगरभित्रको जोखिमलाई ख्याल गर्दै शिल गरिएको नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।
बिर्तामोडको सबैभन्दा धेरै जोखिम वडा नंं १ देखि ५ सम्मका सबै वडा रहेको बताइएको छ ।