जेष्ठ ११, २०८२ शनिबार

झापामा एकैदिन ३१२ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

बिर्तामोड । झापामा फेरि संक्रमितको संख्या बढेको छ । मंगलवार मात्रै झापामा थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापामा अनुसार ४ जना संक्रमितले ज्यान गुमाएका छन् । त्यसमध्ये १ जना पथरीका छन् । उनको दमकमा उपचारको क्रममा निधन भएको छ । बिर्तामोड,कमल र शिवसताक्षीमा १/१ जना संक्रमितले ज्यान गुमाए । २ जना संक्रमितको विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३२ पुगेको छ ।
बिर्तामोडमा मात्रै मंगलवार ५६ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित हुनेहरुमा दमक, मेचीनगर,शिवसताक्षी रहेका छन् ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]