चैत्र ६, २०८० मंगलबार

राती १२ बजेबाट बिर्तामोड शिल हुँदै, लापरबाही गर्नेलाई कडा कारवाही गर्ने चेतावनी

बिर्तामोड । बिर्तामोड नगरपालिकाले घोषणा गरेको शिल आज राती १२ बजेबाट लागु हुँदैछ । साउन १३ राती १२ बजेदेखि २० गतेसम्मलाई गरिएको शिल कडाईका साथ लागु गरिने मेयर धु्रव कुमार शिवाकोटी जानकारी दिए ।

बिर्तामोडले अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको छ । सोही बमोजिम कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ । यसअघि नै नेगरपाकिलाले नगरवासीलाई आवश्यक वस्तु व्यवस्थापन गर्न अनुरोध गरेको थियो ।

सबै पसल, होटल व्यवसाय, मनोरञ्जनस्थल, सिनेमा , व्युटि पार्लर तथा सैलुन पूर्ण रुपमा बन्द गरिने बताइएको छ । शिल गरिएको अवधिमा कार्यक्रमहरुमा रोक लगाउने, अत्यावश्यक सूची बाहेकका सवारीलाई रोक लगाउने, नगर क्षेत्र भित्र सञ्चालनमा रहेका सरकारी संस्थान तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गराउने, नगरभित्र सञ्चालित परीक्षाहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने र कोभिड उपचार तथा नियन्त्रणका लागि नगरपालिकाले गरेका निर्णयहरु पालना गर्न सबैमा आग्रह गर्ने निर्णय गरेको छ ।

शिल गरिएको समयमा कोहि व्यक्ति कुनै पनि बहानामा बाहिर हिडडुल गरेको पाएमा कानुन बमोजिम कारबाही गरिने नगरप्रमुख शिवाकोटीको भनाई छ ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]