बैशाख १४, २०८१ शुक्रबार

झापामा संक्रमणप्रतिको बढ्दो बेवास्ताले भयावह स्थिति आउने संकेत

झापा – भारतसँगको १४४ किलोमिटर खुला सीमा, सीमावर्ती नाकाबाट लुकीछिपी भइरहेको आवागमन र समुदाय तहमा देखिएको सचेतना अभावले झापामा संक्रमण ह्वात्तै बढेको सरोकारवाला बताउँछन्। ‘निषेधाज्ञा क्रमशः खुकुलो हुँदै जाँदा संक्रमणदर बढ्दै गएको देखिएको छ’, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले भने, ‘संक्रमणप्रतिको बढ्दो बेवास्ताले भयावह स्थिति आउने संकेत देखिएको छ।’

डा. बाराकोटीका अनुसार स्वास्थ्य मापदण्ड पालनामा नागरिक तहबाट भइरहेको कमजोरीले संक्रमणदर नियन्त्रणबाहिर जाने खतरा बढेको छ। ‘निषेधाज्ञा चलिरहँदा राजनीतिक गतिवधिका नाममा सडकमा देखिएको अनियन्त्रित भीड पनि झापामा कोरोना संक्रमण फैलिनुको मुख्य कारण हो’, डा.बाराकोटीले भने, ‘कसले कसलाई रोक्ने छेक्ने भन्ने अवस्था रहँदासम्म संक्रमण घट्ने कल्पना गर्न सकिँदैन।’

जिल्ला स्वास्थ्य कार्यालय झापाको पछिल्लो १५ दिनको तथ्यांकले झापामा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको देखाउँछ। असार २९ गते १४८ जनामा संक्रमण पुष्टि भएको थियो। उक्त दिन सात जनाले ज्यान गुमाएका थिए। साउन १२ गते ३१२ जनामा संक्रमण पुष्टि भयो भने तीन जनाले ज्यान गुमाए।

‘१५ दिनको यो अवधिमा ज्यान गुमाउनेको संख्या धेरै छ’, स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले भने, ‘समुदाय तहमा संक्रमण भयावह रुपमा फैलिँदा मानवीय क्षतिका घटना पनि बढेका छन्।’ झापामा पछिल्लो १५ दिनमा ३२ सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। तीमध्ये ५५ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन चौलागाईले जानकारी दिए। आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]