चैत्र ६, २०८० मंगलबार

बिर्तामोडका व्यवसायीलाई खोप सुनिश्चित नभएसम्म आफु पनि नलगाउने महासचिवको घोषणा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सबै व्यवसायीलाई खोप सुनिश्चित नभएसम्म खोप नलगाउने घोषणा गरेका छन् । उनले व्यवसायीको नेतृत्वका हिसावले नैतिक रुपमा खोप लगाउन नसक्ने बताएका छन् ।

बिर्तामोड नगरपालिका र सरोकारवालासँग वाणिज्य संघले सबै व्यवसायीलाई खोप व्यवस्था गर्न माग गर्दै आएको मैनालीको भनाई छ । उनले व्यवसायीलाई खोप सुनिश्चित नभए आफु पनि खोप नलगाउने बताए । उनले व्यवसायीलाई खोप नदिई वाणिज्य संघका प्रतिनिधिलाई मात्र खोप दिने कुरामा असहमति जनाएका छन् । उनले सबै व्यवसायीलाई खोप सुनिश्चित भए पछि मात्रै खोप लगाउने जानकारी दिए । केहि दिनअघि मैनालीले सरकारले अनुमति दिए बिर्तामोड क्षेत्रका व्यवसायीलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]