बैशाख ७, २०८१ शुक्रबार

लाखौं रुपैयाँ नगदसहित ब्राउनसुगर कारोवार गर्ने दुई पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी धुलाबारीकोे संयुक्त टोलीले बिहीवार ३४ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले लाखौं रुपैयाँ नगद समेत बरामत गरेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर –९ स्थित लिलाबस्तीको लिलाचोकमा मे.४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकी लागूऔषध (ब्राउनसुगर)किनबेच गर्दै गरेको अवस्थामा खानतलासी गर्दा मे.४ प ४०९७ नं. को मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका वडा नं १ वस्ने वर्ष २६ को सरोज भुजेलले बोकेको कालो झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको (एक पोका) लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) ३४ ग्राम र २ लाख ४७ हजार ५ सय बरामद गरेको छ ।

मे ६ प ३२१३ नं. को मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने वर्ष ३५ को निर्मल भुजेल भन्ने झलक भूजेल समेतको साथबाट नेपाली ३५ सय नगद समेत फेला परेको छ । उनीहरुलाई पक्राउ गरि तत्कालै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर राखिएको छ । प्रहरीका अनुसार झापा जिल्ला अदालतबाट म्याद थप गरि कानुनी प्रकृया अगाडि बढाइने प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]