जेष्ठ १०, २०८२ शुक्रबार

कोरोना भाइरस फैलिने क्रम जारी : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा हरेक हप्ता झन्डै ८ प्रतिशतको दरले कोरोना सङ्क्रमण बढी रहेको जनाएको छ ।

यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले सङ्क्रमण बढेको देखिएको छ ।

कतिपय क्षेत्रमा सङ्क्रमितको सङ्ख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको सङ्ख्या पनि बढेको छ ।

डब्लुएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।

सङ्क्रमितहरूको कुल सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । क्रमका लागि २० हजार भन्दा बढीले आवेदन दिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ११ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]