जेष्ठ ८, २०८२ बुधबार

भ्वाइसका विजेता गजमेरलाई बिर्तामोडमा सम्मान

बिर्तामोड । गजमेर बन्दु प्रतिष्ठानले भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेरलाई सम्मान गरेको छ । बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि शुक्रवार प्रतिष्ठानले सम्मान गरेको हो ।

प्रतिष्ठानद्वारा पारिवारिक भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान पत्रसहित भ्वाइसका विजेता गजमेरलाई सम्मान गरिएको छ । उनी झापाको खुदुनावारीमा जन्मिई हुर्किएका हुन् । हाल अमेरिका बस्दै आएका किरणलाई पूर्व आएको बेला बन्दु प्रतिष्ठानले सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष शेर बहादुर गजमेरको अध्यक्षता एवम् प्रदेश सांसद् जसमाया गजमेरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सचिव तिलक गजमेरले जानकारी दिए । बन्दु प्रतिष्ठानले किरण गजमेरले खरिद गर्न लागेको एम्बुलेन्सको अभिभावकीय नेतृत्व सम्हाल्न तयार रहेको जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]