जेष्ठ ५, २०८२ आईतबार

अपाङ्गता भएका परिवारलाई राहत

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५ परिवारलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको बताइएको छ ।
लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं बिर्तामोड उद्योग वाणिज्य संघले अपाङ्गता भएका व्यक्तिहरुलाई मंगलबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।

कार्यक्रममा बिर्तामोड–३ का २५ परिवारलाई राहत वितरण गरिएको हो । चामल, दाल, तेल लगायतका खाद्यन्न सहयोग गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष भोजराज सिटौलाले बिर्तामोड उद्योग वाणिज्य संघले अत्यन्त राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वाणिज्य संंघका निर्वमान अध्यक्ष प्रकाश शिवाकोटीले वाणिज्य संघ सबैसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्दै समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

यसैबीच मंगलबारका नै छठ समाज सेवा समीति बिर्तामोड र सुनचाँदी व्यावसायी संघले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ मा अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जिविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, गुञ्जन प्रसाई, राधिका चुडाल,अपाङगता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापा, हरि अधिकारी लगायतको आतित्थ्य रहेको थियो ।

प्रकाशित मिति : भाद्र १६, २०७८ बुधबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]