जेष्ठ ४, २०८२ शनिबार

राजु चौधरीलाई आदर्शमा जुट्यो ५० हजार

बिर्तामोड । झापामा बोनम्यारो क्यान्सरबाट पीडित बिर्तामोडका राजु चौधरी सहयोगार्थ सहयोग संकलन भइरहको छ । शुक्रवार आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले साङ्गतिक कार्यक्रमको आयोजना गरी ५० हजार एक रुपैयाँ रकम सङ्कलन गरेको छ । उपचारमा थप सहयोग गर्न सहयोग संकलन गरिएको दीपक दासले जानकारी दिए ।

आदर्श ब्याङकेट, ब्रिज क्याफे, सुरुवाती कोठा नेपाल, प्रकृति फाउन्डेसन, कालिका नेपाल, आदर्श सरगम होटेल, कालिका महिला समूह लगायतका विभिन्न व्यक्तिहरूबाट सो रकम सङ्कलन भएको अभियन्ता दासले जानकारी दिए । आदर्श स्कुल अफ म्यानेजमेन्टको परिसरमा भएको साङ्गतिक कार्यक्रममा विद्यार्थीहरू लामेङल तामाङ, अपेक्षा राई, एञ्जल दर्नाल, रविन पाठक लगायते सङ्गीत प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]