जेष्ठ ४, २०८२ शनिबार

सुनचाँदी व्यवसायी बीमाको दायरामा

काठमाडौँ । नेपालभित्र सुनचाँदीको व्यवसाय गरिरहेका व्यवसायी बीमाको दायरामा आएका छन् । सो व्यवसाय आफैँमा अत्यन्तै संवेदनशील व्यवसाय भएकाले बीमा अत्यावश्यक रहेको माग रहँदै आएको थियो ।

सोही मागअनुसार नै यस व्यवसायमा आबद्ध व्यवसायीका लागिसमेत थप सहज भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासङ्घ र एनएलजी इन्स्योरेन्सबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहजरूपमा बीमाका क्षेत्रमा काम गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी वयवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरूपमा बीमा गरी व्यावसायिक लाभ लिन सक्नेछन् ।

देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिनसक्ने उनले बताए । कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले दुई संस्थाबीच भएको समझदारीले सुनचाँदी व्यवसायी महासङ्घमा आबद्ध व्यवसायी लाभान्वित हुने उल्लेख गरे ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]