जेष्ठ १, २०८१ मंगलबार

ब्राउनसुगरसहित भद्रपुरबाट एक युवक पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले आज भद्रपुर–८ बाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले सोही ठाउँ बस्ने २२ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा प्रहरीले तामाङको साथबाट १५ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारेको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिप्रका झापामा राखिएको छ । झापा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप कानुनी प्रकृया अगाडि बढाइने प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]