जेष्ठ ५, २०८१ शनिबार

बाम्फोक प्रहार गरी एक महिलाको हत्या

झापा । झापाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका- ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार शिवसताक्षी- ३ निवासी कुमार लिम्बुको ३७ वर्षीया श्रीमती सुषमा लिम्बुलाई मिस्त्रीले धारिलो हतियार फलामको बिँड भएको बाम्फोकले टाउको र अनुहारमा प्रहार गरेका थिए । घटना भदौ २८ गते सोमबार बिहान ११ बजेको हो ।

छिमेकी मिस्त्रीको बाम्फोक प्रहारबाट घाइते भएकी सुषमालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको थियो । उनको उपचारको क्रममा शुक्रबार साँझ ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए ।

यता पक्राउ परेका मिस्त्रीलाई झापा जिल्ला अदालत भद्रपुरबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

लिम्बु र मिस्त्रीका परिवार अरू जमिन अधियामा लिई खेतीपाती गरी परिवारको गुजारा चलाउँदै आएका थिए । घटनाअघि उनीहरू बिचको पारिवारिक दुस्मनी पनि केही नभएको स्थानीयहरुले बताएका छन् । मृतक सुषमाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]