जेष्ठ ४, २०८१ शुक्रबार

खेलाडीलाई पेन्सनको व्यवस्था गर्नुपर्छ : अध्यक्ष पौडेल

बिर्तामोड । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले खेलाडीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले खेल क्षेत्रमा जीवन दिने खेलाडीलाई खेल जीवन पश्चात घरको न घाटको बनाउन नमिल्ने बताए ।

झापामा आयोजना हुन लागेको दिलमाया स्मृति कप –२०७८ को सुरुङामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली खेल क्षेत्रको विकासका लागि खेलाडीको लागि आवश्यक सम्पूर्ण व्यवस्थापन राज्यले गर्नुपर्ने बताए ।

झापामा आयोजना गरिएको दिलमाया स्मृति कप –२०७८ खेलकुद क्षेत्रको लागि महत्वपूर्ण भएको बताए । उनले स्वर्गीय दिलमायाले कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको सम्मान स्वरुप फुटवल आयोजना गरिएको बताएका छन् ।

उहाँले धेरैलाई सेल्टर दिनुभयो । एलपी साँवा जस्ता छोराहरुलाई जन्म दिनु भएको छ । धेरै परिवर्तनका संवाहकहरुलाई खाना खुवाउनु भएको छ , पौडेलले भने– त्यसैले उहाँको सम्मान गर्न नेपाल खेलकुद महासंघले फुटवल प्रतियोगिता आयोजना गरेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले नेपाल खेलकुद महासंघले फुटवल खेलाएर खेलाडीलाई धनी बनाउने सपना बोकेको बताए । उनले भने, खेलाडीको परिवारमा विभिन्न समस्याहरुको पहिचान गरेर राज्यको तर्फबाट आवश्यक समाधान हुनुपर्छ । खेलकुद क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने अध्यक्ष पौडेलको भनाई रहेको छ ।

खेललाई औधोगिकरण गर्दै खेलकुदलाई व्यवसायिकरण गर्न आवश्यक रहेको भन्दै उनले खेलाडीलाई पर्याप्त प्रशिक्षणको व्यवस्था सरकारले मिलाउनु पर्ने बताएका छन् । खेलाडीको लागि पर्याप्त खेल सामग्री र पर्याप्त तलवको व्यवस्था नगरेसम्म खेल क्षेत्रको विकास संभव नभएको उनको भनाई छ । खेलाडीको परिवारलाई सरकारले नै हेर्नुपर्छ, पौडेलको जिकिर छ ।

र, यो पनि पढ्नुहोस् : झापामा दिलमाया स्मृति कप–२०७८ हुने

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]