जेष्ठ ४, २०८१ शुक्रबार

झापामा दिलमाया स्मृति कप–२०७८ हुने

बिर्तामोड । झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।
बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाल खेलकुद महासंघको आयोजनामा हुने फुटवल प्रतियोगितामा झापा क्षेत्र नं. ४ का २८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेल्ने आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए । उनका अनुसार असोज १२ गतेबाट प्रिसेलेक्शन म्याच हुने छन् । त्यसबाट छनोट भएका ८ वटा टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने संयोजक भेटवालको भनाई छ ।

क्वाटर फाइनलका खेलहरु कार्तिक ८ गतेबाट सञ्चालन गरिने खेल आयोजक समितिका संयोजक भेटवालले जानकारी दिए । दिलमाया स्मृति कप–२०७८ को फाइनल खेल कार्तिक १६ गते दुधेको खेल मैदानमा हुने छ । उपाधि विजेताले २ लाख २५ हजार नगर तथा ट्रफी, मेडल पाउने छ । द्वितीय पुरस्कार १ लाख २५ हजार , क्वाटर फाइनलबाट बाहिरिने ४ टिमले १५/१५ हजार , सेमी फाइनलबाट बाहिरिने टिमले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । खेल व्यवस्थापन संयोजकको जिम्मेवारी गजेन्द्र ताम्ली लिम्बुलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा स्वर्गीय दिलमायाका छोरा एलपी साँवाले आमाको स्मृति एवम् सम्झनामा फुटवल आयोजना गरेको बताएका छन् । उनले दिलमाया स्मृति कपको प्रायोजनमा १६ लाख ७० हजार रुपैयाँ गरिने जानकारी दिए । साँवाले भने, ‘लिम्बु समुदायमा चौतारा बनाएर दिवंगत व्यक्तिको सम्झना गरिन्थ्यो, अहिले समयसँगै सम्झनाको स्वरुप बदलिएको छ । त्यसैले आमाको सम्झनामा फुटबल आयोजना गरेका हौं ।’ प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता साँवाले कोरोना महामारीले आम नागरिकको जीवन समस्या परेकोले सामान्य जीवन तर्फ फर्काउन फुटवल महत्वपूर्ण हुने बताए । उनले झापा क्षेत्र नं. ४ का आम नागरिक, फुटवलप्रेमी, सामाजिक संघ संस्था, राजनीतिक दलले कार्यक्रम भव्य र सभ्य बनाउन सहयोग गर्ने विश्वास गरेका छन् ।

पत्रकार सम्मेलनमा एमाले नेता शिव ढुङ्गेल, अखिल नेपाल फुटवल संघ झापाका अध्यक्ष भगीरथ आले मामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]