जेष्ठ १, २०८२ बुधबार

सुन प्रकरण : मुख्य आराेपी ‘गाेरे’ सहित ६ जनालाई जन्म कैद

काठमाण्डाै – साढे ३३ किलाे सुन तस्करी र भरिया सनम शाक्यकाे हत्या प्रकरणमा जिल्ला अदालत माेरङले मुख्य आराेपी चूडामणि उप्रेती ‘गाेरे’ सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।

आज मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदकाे फैसला सुनाएकाे हाे । यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएकाे छ । यस प्रकरणमा मुछिएका सबै प्रहरीले पनि सफाइ पाएका छन् ।

यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएकाे छ । यस प्रकरणमा मुख्य आराेपी ‘गाेरे’ सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो । 

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]