जेष्ठ ७, २०८१ सोमबार

नलेखिएको नियात्रा

कमल बुढाथोकी

संस्मरण

समादरणीय स्व.लक्ष्मी खड्काका घरबाट सेल्टरका रुपमा प्रयोग गरी माले पार्टीद्वारा अघिल्लो दिन वडास्तरीय वैठकका आयोजना गरिएको थियो । छलफलको मुख्य एजेण्डा यस विद्यालयबाट विस्थापित प्रवासी नेपालीहरुको ससम्मान अविलम्ब पुनस्र्थापनाका लागि भारत सरकारसँग कुटनीतिक पहल गर्ने र सरकारलाई जनदवाव दिने उद्देश्यले सुरुङ्गामा शान्तिपूर्ण ¥याली प्रदर्शन गर्ने पार्टीको पूर्व निर्धारित कार्यक्रम थियो ।

साथै उक्त कार्यक्रममा व्यापक सहभागिता कसरी जुटाउने भन्नेबारे छलफल केन्द्रित थियो । क.प्रेम गिरीले उक्त कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । क. मोहन इङ्गानाम, क. दिव्य कट्टेललगायत २०÷२५ जनाको उत्साहपूर्वक उपस्थितिमा उक्त कार्यक्रममा व्यापक जनसहभागिता जुटाउने प्रतिबद्धतासहित वैठकको स्थगन गरिएको थियो ।

भोलिपल्ट २०४५ साल मंसिर २७ गते खुदुनाबारीबाट जाने सबैजना अमलेमा भेला भई दहीझोडा जामुनवाडीको बाटोहुँदै सुरुङ्गातिर लाग्यौँ । हामी जम्माजम्मी २५ देखि ३० जनाको संख्याको हाराहारीमा थियौँ होला । उमेर तथा जिम्मेवारीको हिसाबले क.रघुनाथ खनालले उक्त टोलीको नेतृत्व गर्नुभएको जस्तो लाग्थ्यो मलाई, किनकि उहाँ तात्कालिक गाउँपञ्चायतको उप–प्रधानपञ्च हुनुुहुन्थ्यो ।

माले पार्टीको ‘संसद उपयोग तथा भण्डाभोर’ नीतिअनुसार २०४१ र ०४२ साल मा देशव्यापी रुपमा जनसपक्षीय उम्मेद्वारका रुपमा आप्mना नेता तथा कार्यकर्ता परिचालन र उपयोेग गरेको थियो । सोही योजनाको प्रतिफलका रुपमा राष्ट्रिय पञ्चायतमा क. पद्मरत्न तुुलाधर, क. द्रोणाचार्य क्षेत्री, क. जागृतप्रसाद भेट्वाल, क.भिमबहादुर श्रेष्ठ, क.सोमनाथ अधिकारी, (प्यासी) लगायत जनपक्षीय राष्ट्रिय पञ्चायतका सदस्य भई पञ्चायती व्यवस्थाको निरंकुशता, अत्याचार एवं वेथितिबारे जनतालाई सुसूचित गर्दै संगठित हुन अभिप्रेरित गर्न महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।

त्यसैगरी केही जिल्लामा जिल्ला सभापति कैयौँ स्थानीय निकायमा प्रधानपञ्च, उप–प्रधानपञ्चका रुपमा जिताएर जनसेवा प्रदान गर्दै आएकोमा निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको बामपन्थी आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्ने न्यायप्रेमी जनसमुदायको व्यापक माहोल तयार गर्न अहंम भूमिका खेलेको थियो ।

हामीले पनि क.रघुनाथ खनाल जस्तो इमानदारी नेता पाएर भीषण युद्ध जितेको जस्तै अनुभूति भएको थियो । उहाँको अभिभावकीय भूमिका जुनसुकै कार्यक्रममा आवश्यकता महसुस गर्दथ्यौँ । शालीन एवं भद्र स्वभावका उहाँमा नेतृत्वमा हुनुपर्ने गुण थियो नै । हाम्रो टोली जामुनखाडीको बाटो हुँदै अघि बढिरहेको थियो । बिहान १० बजे मात्र हामी सुरुङ्गा पूर्वको पुल निकट पुगेका थियौँ ।

मुख्य राजमार्गमा हिंड्ने मानिसहरुको संख्या बाक्लो देखिन्थ्यो । यातायातका साधनहरु अलिक पातला । सुरुङ्गाको मुख्य चोकमा जम्मा भएका मानिसहरुको भिडले गर्दा सवारी साधन पातलिएका रहेछन् भनी खुट्याउन लागि गाह्रै्र परेन । पुलदेखि पश्चिमतर्फ अगाडि मात्र के बढेका थियौँ प्रहरी जाली भएको मझौला खालका गाडीहरुमा मानिसहरुलाई कोचरेर पूर्र्वतर्पm हुँइक्याइरहेको देख्यौँ ।

ती कोचर्दै लगेका मानिसहरु सोही कार्यक्रममा आएका र तिनीहरुलाई चन्द्रगढी हिरासतमा लगिएको हो भन्ने ठम्याउन मुस्किल भएन । ती मानिसहरु हात हल्लाउँदै हामीहरुसँग विदा मागिरहेका देखिन्थे । हामी पनि प्रत्युत्तरका हात हल्लाउँदै विदाइको धर्म निर्वाह गरिरहेका थियौँ । पुलदेखि करिब एक सय मिटर मिटर अघि बढेका थियौँ एउटा प्रहरीको भ्यानले हामीलाई कहाँ हिंडेका भनी सोधपुछ ग¥यो । क. रघुनाथ खनालले जवाफ फर्काउनेमा हामी ढुक्क थियाँै तर उहाँ बोल्न नपाउँदै क.प्रेम गिरीले जवाफ फर्काई हाल्नुभयो ।

“मेघालयबाट विस्थापित नेपालीहरुको पुनस्र्थापना तथा यथोचित व्यवस्था होस् भन्ने उद्देश्यले भइरहेको दवावमूलक कार्यक्रममा सहभागी हुन ।” हामीलाई अगाडि नबढ्न उर्दी जारी भयो । हेर्दा ठुलै पोष्टका देखिने ती प्रहरीहरुमध्ये एक जना चाहिं मेरा माल्दाजुसँग तालिम गरेका प्रहरी थिए । तालिममा रहँदा अनि त्यसपछि डिउटीमा पनि एउटै पोष्टमा हुँदा राम्रो मिल्ने साथी जस्तै थिए । साथै बुढाथोकी थरका भएकोले हाम्रो घरमा बाक्लै आवतजावत गरेका दाइ थिए । मनमा कार्यक्रम स्थल पुग्ने, कार्यक्रमको महत्वबारे बुझ्ने जिज्ञासा र पुलिसको हातको डण्डा खाने भयले अन्तरद्वन्द्वको ज्वारभाटा नै चलिरहेको बेला दाजुको उपस्थितिले अलिक उर्जा प्रदान गरेको जस्तो भान भयो । उहाँले मलाई नदेख्ने त कुरै भएन किनकि म अगाडि नै थिएँ । मेरा ओठहरु जवाफ फर्काउन चल्मलाइरहेका थिए ।
“तँ पनि बामे भइस्, लाखेस् तेरो दाइलाई भनेर तेरो ठेगान लगाउँछौँ ।” उहाँ आक्रोशित बन्नुभयो । मैले उहाँलाई जवाफ फर्काउन उपयुुक्त ठानिन । त्यो उर्दी जारी गर्दै हिंड्दै धरपकड गरिनहाल्ने ठुलै हाकीमहरुको टोली रहेछ । हाकिमलाई त्यति सोधेपछि हाम्रो टोलीबाट स्पष्ट जवाफ पाएपछि हर्न बजाउँदै पश्चिमतर्फ हानियो । हाम्रो टोली हिंड्दै चोक निकट पुग्यौँ ।

चोकमा हजाराँैको संख्यामा जम्मा हुँदै गरेका न्यायप्रेमी जनसमुदायको भिडलाई प्रहरीले तितरवितर पार्ने प्रयास गरिरहेको थियो । ती जम्मा भएका मानिसहरुको संख्या देख्दा अघिसम्म घरिघरी चिमोट्ने भय र त्रास जोसमा परिणत भए झैँ लाग्यो । आपूmलाई निकै बलशाली भएको महसुुस भयो । भिडलाई केन्द्रिकृत हुन नदिएर तितरबितर पार्नुका साथै नाराजुलुसका साथ नगर परिक्रमा गर्न कार्यक्रम स्थलसम्म पुग्न नदिने योजना प्रहरीको रहेछ ।

मानिसहरु चोकमा जम्मा हुन प्रयास गरिरहेका थिए । उता कार्यक्रम स्थलबाट मुख्य नेताहरुलाई पक्राउ गरी भिड नियन्त्रण गर्न सफल नियन्त्रकहरुको, मानिसहरुको झुण्ड झुण्ड चोक उत्तर, दक्षिण पूर्व, पश्चिम चारैतिर थियो । हामी चोकदेखि पूर्वको बाटो मुुन्तिरको एउटा समूहमा सीमित हुन पुग्यौँ । प्रहरीले भेटे जति सबैलाई लाठी वर्षाएको देखिन्थ्यो ।

आन्दोलनकारीहरु प्रहरीमाथि गालीगलौज गर्दै ढुङ्गा वर्षाउन पनि पछि परेका थिएनन् । वर्दिका प्रहरीहरु पनि के कम् निम्नकोटीका शब्दले गाली गर्दै भेटेजतिलाई भकुरिरहेका देखिन्थे । शिशिर यामको ठण्डी मौसममा उष्ण्ताको आभाष भइरहेको थियो । जनता र प्रहरी बीच दोहोरो भिडन्तको घमासान चलिरहेको थियो । दुवै पक्ष उत्तेजित बन्दै गइरहेको प्रतीत हुन्थ्यो । त्यति बेलासम्म हामी कोही कता कोही कता भइसकेका थियाँै । हामी मान्छेहरुको एक समूहमा मिसिएर प्रहरीबाट लखेटिदै अन्दाजी तीनसय मिटर दक्षिण खेतैखेत लाग्न बाध्य थियौँ । हामीले त्यही जम्मा भएर नारा लगायौँ ।

“पञ्चायती व्यवस्था मुर्दावाद !
मेघालयबाट विस्थापित नेपालीको पुुनस्र्थापना गर…
पुलिस ज्यादति बन्द गर…..! आदि इत्यादि ।”

नारा लगाउँदा मलाई पहिलो चोटी अनौठो तर न्यानो आभाष भएको थियो । आपूm परिवर्तनको पक्षधर भएको अनुभूति दिलाएको थियो । नारा एकतमासले घन्किरहेको थियो । ठिक त्यही बेला पश्चिमबाट एउटा प्रहरीको निलो भ्यान हाम्रो समूहलाई लक्षित गरी आली र काँल्ला छिचोल्दै आइरहेको देख्यौँ । ल..अब वित्यास पर्ने भो भन्दै पूर्वतर्फ भाग्यौँ ।

यति छिटो कुदिएछ एउटा गाउँ नै छिचोलिएपछि मात्र पछाडि फर्केर हेर्न भ्याइएछ । अघिपछि दायाँ बायाँ यत्रतत्र मानिसहरु हिंडिरहेको भेटियो । ती मध्ये म र डेगेन्द्र गिरी मात्र हाम्रो हुलका थियौँ । हामीले अब भने घैलाडुबाको बाटो हुँदै दुर्गापुरतर्फ उभो लाग्ने निधो ग¥यौँ । दुर्गापुर पुगेपछि गाडिका हुटमा मानिसहरुले ‘लक्ष्मी पाण्डे अमर रहुन्’ भनेर नारा घन्काउँदै गरेको सुन्यौँ । हामी तीनछक्क प¥यौाँ ।

दुर्गापुरबाट विर्तामोड आउने गाडी चढ्यौँ, त्यो गाडीभित्र रहेका मानिसहरु प्रायः सुरुङ्गाबाट चढेका लक्ष्मी पाण्डे मारिएको बारे गफगाफ गरेको थाहा पायौँ । मनको खुल्दुली मेटाएर शान्त हुन के हो कसो हो सोधखोज ग¥यौँ ।

बल्ल घटनाबारे सत्यतथ्य थाहा भयो । पश्चिमतर्फबाट सुरुङ्गा कार्यक्रममा आएको समूहमाथि प्रहरीले नियन्त्रण गर्ने दुस्साहस गरेपछि अवरोधको पर्वाह नगरी अघि बढ्ने उक्त समूहका अगुुवा तथा उम्दा युवानेता क.लक्ष्मी पाण्डेको गोली हानी हत्या गरिएको रहेछ । सहिद क. लक्ष्मी पाण्डेप्रति मनमनै श्रद्धान्जली अर्पण गरेँ ।


उहाँको बलिदानीले झापामा आन्दोलनको रापताप सेलाउनुभन्दा अझै बढेर गएको थियो । निर्दोष तथा उम्दा युवाको शान्तिपूर्ण ढंगले सभासम्मेलनमा सहभागी हुन जाँदा हत्या गरिएपछि के बुद्धिजीवी, के शिक्षक, के किसान, के मजदुर के विद्यार्थीहरु, सबैमा निरङ्कुशताप्रति रोषको भाव बढ्दै गएको थियो । झापाली विद्यार्थी संगठनहरुले पञ्चायती व्यवस्थाको ज्यादती विरुद्ध सचेतना अभियानलाई तीव्रता दिएका थिए ।

उक्त घटनाले म भित्र हुर्कँदै गएको वथेति बिरोधी भाव, व्यवस्था विरुद्धमा जाइलाग्ने विद्रोही भावमा परिणत हुन उर्वर वातावरण बन्दै गएको थियो । निहत्था र निर्दोष जनतामाथि देशभर चलाएको बर्बर हत्या आतंकले पञ्चायतले आप्mनो चिहान आफै खनिरहेको झै लाग्दथ्योे । क्रमश…

प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]