बैशाख २९, २०८२ सोमबार

एमालेले चाहँदा एक हप्तामा सरकार ढल्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार सजिलै ढल्ने दाबी गर्नुभएको छ । आज वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताउनुभयो ।

‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उहाँले भन्नुभयो, ‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’

प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]