दुई दिनका लागि झापा आउँदै ओली, १५ सय बढीलाई पार्टी प्रवेश गराउने तयारी
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिनका लागि झापा आउने भएका छन् । एक रात झापा नै बस्ने एमालेका नेता शिव ढुङ्गेलले जानकारी दिए ।
कार्तिक ७ गते बिर्तामोडको साई प्यालेसमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा पार्टीका नेता, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ समेत सहभागी हुने छन् ।
जिल्लामा ठुलो संख्यामा माओवादी, कांग्रेस र राप्रपाका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने ढुङ्गेलले जानकारी दिए । उनका अनुसार जिल्ला तहका १५ सय हाराहारीमा एमाले प्रवेश गर्दैछन् । झापा आएको पहिलो दिन बुवालाई भेट्न पृथ्वीनगर जाने र त्यसपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने बताइएको छ ।
दोस्रो दिन गौरीगञ्जमा क्षेत्र नं. ५ स्तरीय कार्यक्रममा सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्किने छन् ।