बैशाख १३, २०८१ बिहीबार

तास खेलिरहेको अवस्थामा झिलझिलेबाट १ लाख ७३ हजार नगदसहित ४ जना पक्राउ

बिर्तामोड । ईलाका प्रहरी कार्यालय झिलझिलेले तास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार राती शिवसताक्षी –९ स्थित जितेन्द्र शाक्यको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनामा उनीहरुलाई पक्राउ गरेको हो ।

ईप्रका झिलझिलेबाट प्रहरी निरिक्षक ध्रुब नारायण श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शिवसताक्षी –९ बस्ने बर्ष ५० को अग्नि राई, ४० को लाल बहादुर लिम्बु, ११ बस्ने बर्ष ३७ को सुरेश लिम्बु र ९ बस्ने बर्ष ४५ को मनिष क्षेत्री समेत ४ जना मानिसहरुलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नगद १ लाख ७३ हजार ५ सय रुपैयाँ , मोबाईल सेट थान ४ (चार) र तास तिन बुङ (१५६ पत्ति) समेत बरामद गरी इप्रका झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]