बैशाख १२, २०८१ बुधबार

एमालेप्रति जनताको अपार माया र भरोसा छ : नेम्वाङ

बिर्तामोड । नेकपा एमाले नेता एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले देशभर एमालेप्रति देखिएको जनलहरले अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।

बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनले एमालेप्रति जनतामा ठुलो विश्वास र भरोसा भएको बताए । नेम्वाङले भने, देशको शिर उच्च बनाउने दल एमाले नै जनताको भरोसाको पार्टी हो । अब, कुनै पनि शक्तिले एमालेलाई छेक्न नसक्ने तर्क छ । आफु लामो समयदेखी एमालेमा क्रियाशिल भएको भन्दै नेता नेम्वाङले भन्छन्, एमालेमा लागेर कहिले पश्चाताप भएको छैन र कहिल्यै शिर झुकाउनु परेको छैन । जनताको माया अपार भएकाले एमाले अबको निर्विकल्प शक्ति बन्ने बताए ।

पछिल्लो समय एमाले सिद्धियो भन्नेहरुलाई जनताले नै जवाफ दिइरहेको उनको भनाई छ । नेता नेम्बाङले एमालेप्रति जनताको अपार माया र भरोसा रहेकै कारण एमाले बलियो पार्टी भएको बताएका छन् । देशभर एमाले प्रवेश गर्छौं भन्नेहरुको माहोल बढिरहेको नेम्वाङले सुनाए ।

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]