चैत्र १५, २०८० बिहीबार

राजनीतिमा असल नेतृत्वको खाँचो

सम्पादकीय
केहि समय नेपाली कांग्रेसको वडा र नगरमा अधिवेशन भएको छ । अधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पायो । कांग्रेसमा नयाँ पुराना दुवै खाले अनुहार नेतृत्वमा आएको छ । अहिले त्यस्तै अधिवेशन एमालेलाई लागेको छ । भर्खरै वडामा एमालेले नयाँ नेतृत्व चयन गरेको छ भने आज पालिका, इलाका तहको अधिवेशन हुदैछ । एमालेमा पनि नयाँ पुराना अनुहार नेतृत्वमा आएका छन् । र, आउने छन् । राजनीतिक दलमा राजनीति गर्न जो सुकै इच्छुक छन् । जस्तासुकै व्यक्ति पनि दलको छाया जोडिन थालेका छन् । हिजो जेलनेल भोगेकाहरु नेतृत्वमा बसे । अहिले पनि कतिपय कमिटीमा उनीहरु कै नेतृत्व छ । धेरै ठाउँमा नयाँ पुस्ता जोडिइरहेका छन् ।

पछिल्लो पुस्तामा राजीतिकमा सोचेजस्तो आकर्षण छैन । किनभने, अघिल्ला पुस्ताको राजनीतिक जीवन देखेर पनि नयाँ पुस्ता सोचे अनुरुप राजनीतिमा छैनन् । नेपालको राजनीतिमा इमान्दारिता गुम्दै गइरहेको छ । नेतृत्वप्रति आम नागरिक विश्वस्त छैनन् । सबैलाई पूर्ण रुपमा विश्वास गर्ने वातावरण भइरहेको छैन । राजनीतिमा लाग्ने वित्तिकै धेरै जसो बाटो विराइरहेका छन् । आम नागरिकको चासो र भरोसा तोडिदै गएको छ । नागरिकको तर्फबाट कसैलाई विश्वास गर्ने माहोल छैन । बोल्नेहरुले पुरा गरिरहेका छैनन् । राजनीतिमा छट्टुहरुको भीड बढिरहेको छ ।

प्रायः कुनै पनि दलमा इमान्दार नेता खोज्दा पाउन हम्मेहम्मे पर्छ । चाहे त्यो एमाले होस्, वा कांग्रेस । अब, हरेक दलले पार्टीमा समाज रुपमान्तरणका लागि असल मान्छेलाई अवसर प्रदान गर्नुपर्छ । पार्टीमा लागेर खान पाइन्छ कि भन्नेहरु भन्दा पनि नागरिकको दुःख बुझ्ने, अप्ठ्यारोमा मद्दत गर्ने नेता चाहिएको छ । यसैले कांग्रेस, एमाले वा अन्य साना दलहरुले राजनीतिप्रति आशा जगाउने हो भने नेतृत्व स्थापित गर्दा यस्ता कुरालाई ख्याल गनुपर्छ । पार्टी राजनीति आम नागरिकको हितमा हुनुपर्छ । सबैले आफ्नै दुनो सोझ्याउने हो भने जनताको विजोग उस्तै हुन्छ । विकास निर्माणलाई प्राथमिकतामा राखेर दलहरु अघि बढ्नुपर्छ । विकास, संमृद्धिमा सबै दलहरु बिच सहकार्य र समव्य अपरिहार्य छ । त्यसका लागि पनि असल नेताको खाँचो छ । असल नेता बनाउन सबैले आआफ्नो ठाउँबाट खवरदारी पनि गर्नैपर्छ ।

प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार  ११ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]