जेष्ठ ४, २०८२ शनिबार

झापामा ६ पालिका बाहेक सबैमा एमालेको नेतृत्व चयन

बिर्तामोड । नेकपा एमालेको थप ४ पालिकामा नेतृत्व चयन भएको छ । बाह्रदशी, बुद्धशान्ती, कचनकवल र शिवसताक्षीमा नेतृत्व चयन गर्ने काम सकिएको छ । शिवसताक्षीमा बाहेकका पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नेकपा एमाले कचनकवलको अध्यक्षमा नवराज भट्टराईसहित अन्य पद्हरुमा समेत सर्वसम्मत भएको छ । एमाले कचनकवलको प्रथम गाउँ अधिवेशनको उद्घाटन कै दिन कात्तिक ९ गते सर्वसम्मतले ७२ सदस्यीय समिति चयन गरिएको थियो । यद्यपि पदाधिकारी बाँडफाँड गर्न बाँकी रहेको थियो । अध्यक्ष मण्डलले सर्वसम्मतमा अध्यक्षसहित सबै पदको टुङ्गो लगाएको छ ।
गाउँ कमिटीको उपाध्यक्षमा चेतराज भट्टराई , सचिव दुर्गा थापा, उपसचिव सुवल राजबंशी सर्वसम्मत चयन भएका छन् । एकजना महिला उपसचिव खाली राखिएको अध्यक्ष मण्डलका बसन्त बानियाँले जानकारी दिए ।

बाह्रदशीमा कार्की सर्वसम्मत
नेकपा एमाले बाह्रदशीमा सर्वसम्मतीबाट नेतृत्व चयन भएको छ । बाह्रदशीको अध्यक्षमा बुद्धराज कार्की, उपाध्यक्ष गंगाराम धिताल, सचिव घनेन्द्र ढकाल सर्वसम्मत भएका हुन् ।
सहसचिव र केहि सदस्य बाहेक सबै पद्मा सर्वसम्मत भइसकेको बुझिएको छ । बाँकी रहेको सहसचिव र सदस्य समेत सहमतिबाटै चयन गर्ने प्रयास भइरहेको नेताहरुले जानकारी दिएका छन् । आइतवार १२ बजेसम्ममा सहमति गरेर नामावली सार्वजनिक गर्ने बताइएको छ ।

अध्यक्षमा रोशन थोप्रा निर्वाचित
एमाले शिवसताक्षीको अध्यक्षमा मेघाहाङ थोप्रा (रोशन) निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी सिताराम भेटवाल थिए । शनिवार राती सम्पन्न मतगणना अनुसार थोप्रा अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै, उपाध्यक्षमा कमल लामिछाने विजयी भएका छन् । लामिछानेसहित जय नारायण अधिकारी र घनश्याम पोखरेल उपाध्यक्ष पद्मा निर्वाचन लडेका थिए । सचिवमा कमल नेपाल विजयी भएका छन् । उनका प्रतिद्वन्दी बुद्धिराज लक्सम थिए । यस्तै, सहसचिवमा भीमबहादुर लिवाङ र सुमित्रा अधिकारी सापकोटा निर्वाचित भएका छन् । १३ जना खुला पद्मा समेत निर्वाचन भएको छ ।
यस्तै , बुद्धशान्तीको अध्यक्षमा नेत्र रिजाल सर्वसम्मत भएका छन् । उपाध्यक्षमा शम्भु पौडेल, सचिव धरणीधर पोखरेल सर्वसम्मत भएका छन् । बाँकी सदस्यहरु समेत सर्वसम्मत भएको बताइएको छ ।
यसअघि कमल, गौरीगञ्ज, दमक, भद्रपुर, अर्जुनधारामा नेतृत्व चयन भइसकेको छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]