जेष्ठ ४, २०८२ शनिबार

नेकपा एमाले बिर्तामोडको निर्वाचन मंगलवार ११ बजेदेखि

बिर्तामोड । नेकपा एमाले बिर्तामोडमा नेतृत्व चयनका लागि अन्ततः निर्वाचन हुने भएको छ । गत ९ गते उद्घाटन भएको प्रथम नगर अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन समितिले सूचना जारी गर्दै मंगलवार विहान ८ बजेसम्म उम्मेद्वारी फिर्ता गर्न समय दिएको छ । सो समयसम्म पनि सहमति नभए ११ बजेदेखि ३ बजेसम्म निर्वाचन गर्ने बताइएको छ ।

प्राप्त सूचना अनुसार अध्यक्षमा सुवास भट्टराई र उमानाथ ओलीविच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षका १४ जना आकांक्षीमध्ये १२ जनाले फिर्ता लिइसकेका छन् । भट्टराई र ओलीविच सहमतिबाटै नेतृत्व टुङ्गो लगाउने प्रयास सोमवार रातीसम्म असफल भयो ।

भट्टराई बिर्तामोडमा व्यवसायिक एवम् युवा पुस्ताको राजनीतिमा लोकप्रिय व्यक्ति हुन् । एमालेलाई युवा नेतृत्व आवश्यक भएको भन्दै भट्टराईले आफ्नो दावी छोडेनन् । उनले कार्यकर्ताकै आग्रहमा नेतृत्व सम्हाल्न अग्रसर भएको बताए । यस्तै, ओलीले आफु पार्टीको पुरानो कार्यकर्ता भएकाले एक पटक अवसर दिन आग्रह गरेका छन् । बिर्तामोडको राजनीतिमा कम सक्रिय ओलीले अध्यक्षमा आफ्नो अडान छोडेका छैनन् ।

बिर्तामोडमा पदाधिकारीसहित खुल्ला ६ सदस्यमा निर्वाचन हुने भएको छ । ४ सय प्रतिनिधि रहेको विर्तामोडमा जिल्लास्तरीय अधिवेशनको झल्को आएको छ । बिर्तामोडसँगै हालसम्म झापा, गौरादह, हल्दिवारी र कनकाईमा नेतृत्व चयन हुन सकेको छैन ।

प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]