जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोडमा ८ बजेपछि देउसीभैलो नखेल्न आग्रह

झापा । बिर्तामोड नगरपालिकाले राती ८ बजे पछि देउसीभैलो नखेल्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले बुधबार सूचना जारी गर्दै रातीको समयमा देउसी,भैलो,सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रहरु नगर्न आग्रह गरेको हो ।

कोरोना महामारीको प्रकोप अझै बाँकी रहेका कारण पनि भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाउँदै नगरपालिकाले सूचना जारी गरेको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बिहान दिउँसोको समयमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसी भैलो तथा नाचगान गर्न आग्रह गरेका छन् । नगरप्रमुख शिवाकोटीले नगरवासीहरुलाई शुभ दिपावली, नेपाल संवत तथा छैट पर्वको शुभकामना समेत व्यक्त गरे । सुरक्षा संवेदनशिलताका कारण पनि रातीको समयमा देउसीभैलो लगायत मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्नु उचित नभएको उनको भनाई छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]