जेष्ठ ४, २०८२ शनिबार

शिखर सहकारी आफ्नै नयाँ भवनमा

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था आफ्नै नयाँ भवनमा सरेको छ । दुई करोड १८ लाख ४० हजारमा शिखरले भद्रपुर रोडमा जग्गासहित भवन खरिद गरेको छ । सोही भवनमा शिखरले औपचारिक रुपमा सेवा प्रारम्भ गरेको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

०६७ सालमा स्थापना भएको सहकारीमा ७ हजार ८ सय ४० जना सदस्य रहेका छन् । ४४ जना शेयर सदस्यले ४४ हजार शेयर पुँजीबाट शुरु गरिएको शिखरले ६२ करोड ६३ लाख ४० हजार ऋण लगानी गरेको संस्थाका अध्यक्ष राउतले जानकारी दिए । उनका अुसार ५ करोड १८ लाख ३५ हजार शेयर पुँजी पुगेको छ । ४ करोडभन्दा बढि जगेडा कोष रहेको शिखरले बिर्तामोडको उत्कृष्ट सहकारी बनाउने अभियानमा जुटेको बताइएको छ ।

संस्थाले कोरोना महामारीको समयमा सदस्यहरुलाई १३ लाख ६७ हजार ४३३ रुपैयाँ व्याज रकम छुट गरेको अध्यक्ष राउतको भनाई छ । उनले शिखर अन्य सहकारीभन्दा प्रविधिमा एक कदम अघि रहेको दावी गरे । उनले सदस्यहरुको बचत तथा अन्य कारोवारको सुरक्षामा संस्थाले पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् । संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै राउतले ११ औं वार्षिक साधारणसभाको तयारी गरिएको बताए । मंसिर २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने साधारणसभाले थप योजना तथा कार्यक्रम सार्वजनिक गर्ने सचिव हिमालय प्रसाईले जानकारी दिए । उनले संसथाले रेमिट्यान्स, मोवाइल बैंकिङको सेवालाई थप प्रभावकारी बनाएको बताए ।
यस्तै शिखरले ६ थान लकर राखेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बहुमुल्य सामग्रीको सुरक्षाका लागि सेवा प्रारम्भ गरिएको बताइएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]