बैशाख १६, २०८१ आईतबार

बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी

दमक – बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारीदिनुभयो ।

उहाँका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो । एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडावर्तन, खाद्यान पूर्णरूपमा नष्ट भएको थियो ।

प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]