एमाले महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । च्यासलमा शुक्रबार पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गर्नुभएको हो ।
एमाले दसौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । लोगो सार्वजनिक कार्यक्रमा एमाले सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतको उपस्थिति थियो ।