चैत्र ६, २०८० मंगलबार

रेमिट्यान्स भन्दा पनि कृषिकै भर

शान्तिनगर । झापाको प्रायः गाउँमा पुग्दा वैेदशिक रोजगारीमा नजाने परिवार भेट्न मुस्किल पर्छ । हरेक परिवारका एक जना सदस्य वैदेशिक रोजगार गएकै हुन्छन् । तर, झापाकै एउटा त्यस्तो गाउँ छ – गौंडा । जहाँ वैदेशिक रोजगारी भन्दा पनि कृषि प्राथमिकतामा पर्छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–६ गौंडाका नागरिक सबैजसो कृषि पेशामा लागेका छन् । उनीहरु लामो समयदेखि कृषिमा जोडिएका छन् । व्यवसायिक कृषि पेशामा नलागे पनि निर्भाहमुखी कृषिमा सो क्षेत्रका अधिकांश नागरिक कृषिमा लागेका छन् ।
स्थानीय चित्र बहादुर राई जस्तोसुकै परिस्थिति आउँदा पनि विदेश जानेबारे कहिल्यै नसोचेको बताउँछन् । उनी गाउँमै अलैंची, कुचो र बाख्रा पालन गरिरहेका छन् । उनको खोरमा ३५ वटा बाख्रा हुर्किरहेका छन् , अहिले । १५ वर्षदेखि कृषिमा लागेका राई आर्थिक रुपमा उन्नति गर्न नसके पनि परिवार चलाउन अन्य बाटो नरोजेको बताउँछन् । उमेर हुञ्जेल विदेश जान मन लागेन, राईले भने– आफ्नै ठाउँमा केहि गरौं भन्ने लाग्यो । सरकारको कुनै सहयोग प्राप्त नगरेको बताउँने राईले आफु पनि सहयोगको लाग कतै पहल नगरेको स्वीकार गर्छन् । कृषिमा अनुदान पाइन्छ भन्ने सुनेको छु तर, अहिलेसम्म मैले चाही पाएको छैन । राईको परिवारमा ५ जना दाजुभाई छन् । सबै कृषि मै आत्मनिर्भर रहेको उनको भनाई छ ।
अर्का किसान केशव पराजुलीको वारीमा अहिले लटरम्म टमाटर उब्जिरहेको छ । सात कठ्ठामा उनले टमाटर र सिवि लगाएका छन् । सो क्षेत्रमा अधिकांश किसानले टमाटर, सिवि, वोडी लगायत तरकारीजन्य कृषि वस्तु उब्जाइरहेका छन् । उनीको परिवारबाट पनि कोहि विदेश गएका छेनन् । सबै कृषिमै लागि परेका छन् । गडिगाउँ सकुलदेखि उत्तर लागेक पछि सबैको जमिनमा केहि न केहि तरकारी बारी लगाइएको छ । सागसब्जीले नै सो क्षेत्र हरियाली बनेको देख्न सकिन्छ । सो क्षेत्रका किसानको बजार भनेको चारआली र बिर्तामोड नै हो । उनीहरले उत्पादन गरेको कृषि वस्तुको उचित मुल्य भने नपाएको जानकारी दिएका छन् ।


पूर्व शिक्षक युद्ध कुमार दाहाल पनि अहिले वारीमै काम गरिरहेका छन् । उनले पनि बारीमा सागसब्जी लगाएका छन् । बारीमा सागसब्जी लगाएको छु, दाहालले भने – हामीले व्यवसायिक खेती चाँही गर्न सकेका छैंनौ । व्यवसायिक खेती गर्ने भए राज्यसँग अनुदान खोज्ने थियौ होला, उनले भने – अहिले निर्भाहमुखी मात्र छ ।
त्यहाँका किसान अधिकतम कम्पोष्ट मल प्रयोग गर्ने दाहालको भनाई छ । कतिपय अवस्थामा रसायनिक मल पनि प्रयोग गर्नुपरेको छ । उनका अनुसार गौडामा ८० प्रतिशत नागरिक कृषिमा निर्भर छन् । बाँकी २० प्रतिशत वैदेशिक रोजगारमा गएका छन् । हामी रेमिट्यान्स भन्दा पनि कषिको भर परेका छौ, त्यहाँका किसानले भने ।
नदीको सिँचाईबाट खेती गरिरहेका किसानले बालीलाई व्यवस्थित गर्न विभिन्न प्रयास गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]