बैशाख १४, २०८१ शुक्रबार

दुर्गा प्रसाईंद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं – करीब एक महीना अघि औपचारिक रूपमा नेकपा एमाले प्रवेश गर्नुभएका व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

महाधिवेशनका लागि चितवन पुग्नुभएका प्रसाईँले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषाणा गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । आज चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषण गरेको छु । र, यसमा विजयी हुन्छु भन्ने पनि मेरो विश्वास रहेको छ ।’

उहाँले गत कार्तिक ७ गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेताका रूपमा पहिलो भाषण गर्नुभएको थियो ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार  १ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]