बैशाख १४, २०८१ शुक्रबार

एमाले अध्यक्ष ओली चितवन ओर्ले

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन आउनुभएको छ ।

बुद्ध एयरको जहाजबाट अध्यक्ष ओली दिउँसो सवा १ बजे भरतपुर विमानस्थलमा ओर्लनुभएको हो ।

अध्यक्ष ओलीलाई पार्टीका नेता कार्यकर्ताहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

पाँच दशक लामो राजनीतिक जीवनमा मुलुकको सबैभन्दा ठूलो दलको नेतृत्व गर्नुभएका ओलीले चितवनको सौराहामा १०औं महाधिवेशन उदघाटन गर्दै हुनुहुन्छ ।

एमाले महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म सौराहामा हुनेछ ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार  १ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]