बैशाख १४, २०८१ शुक्रबार

झापा कांग्रेसको परिणाम : कट्टेल अघिअघि थेवे पछिपछि

बिर्तामोड । नेपाली कांग्रेस झापाको निर्वाचनको २४८१ मतगणना हुँदा सभापतिका उम्मेद्वार राम कट्टेल ८३ मतान्तरले अगाडि नै छन् ।
ताजा परिणाम अनुसार कट्टेलले १३४७ मत र सभापतिका अर्का उम्मेद्वार देउमान थेबेले १२६४ मत प्राप्त गरेका छन् ।

उपसभापतिका उम्मेद्वार केशवराज पाण्डेले अग्रता लिदै १२७० मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार प्रेम सम्बाहाम्फेले १२३९ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वार शेरबहादुर भट्टराईले १२१४ र शमशेर गिरीले १०८६ मत पाएका छन् ।
यसैगरी, सचिव पदमा विश्वदीप लिङ्देनले १२९८, नविन बिमलीले १३२०, कृष्ण हुमागाईले १२०५ र टोमलाल राजबंशीले ११३५ मत प्राप्त गरेका छन् ।
सहसचिवमा उमाराम प्रसाईले ११८१, कमलप्रसाद भण्डारीले १२६९, पदम लिम्बुले १२३८ र कालेन्द्रप्रसाद राजबंशीले १२२६ मत पाएका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]