बैशाख २१, २०८१ शुक्रबार

दमक तासको अड्डा : डेढ लाखसहित ७ जना पक्राउ

बिर्तामोड । झापाको दमकबाट तास खेलिरहेका अवस्थामा नगद १ लाख ५७ हजार रुपैयाँसहित ७ जना पक्राउ परेका छन् । सोमवार ४ ः३० बजे दमक –६ फागुनन्द चोक बस्ने पवन लिम्वुले संचालन गरेको परदेशी होटलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको सूचनाका आधारमा दमक प्रहरीले छापा हानेको थियो ।

इलाका प्रहरी कार्यालय दमकले तास खेलिरहेको अवस्थामा पाँचथर मिक्लाजुङ –३ घर हाल दमक ६ बस्ने ५० वर्षीय पवन लिम्वु (होटल संचालक), दमक –१ का ३५ वर्षीय भक्तीश्वर देवान, दमक २ का ४५ वर्षीय प्रमोद लिम्वु, दमक –९ का ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुनन्द – ८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्वे, चुलाचुली –१ का ४३ वर्षीय रुपचन्द्र राई, र मोरङ पथरीशनिश्चरे – १ का ४७ वर्षीय राज कुमार श्रेष्ठलाई पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुलाई ईप्रका दमकमा राखी थप अनुसन्धान भई रहेको प्रवक्ता पाठकको भनाई छ । प्रहरीले दमकमा पछिल्लो समय जुवाजन्य गतिविधि नियन्त्रणमा निगरानी बढाइरहेको पाइएको छ । अड्डा नै बनाएर तास खेल्ने, खेलाउने गरेकाले स्थानीय समेत चिन्तित बनेका छन् ।

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]