बैशाख १३, २०८१ बिहीबार

भलिवलकोे उपाधि झापा गाउँपालिकालाई

कमल । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको थियो ।

उपाधिसँगै विजेता टोली झापाले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको बाह्रदशीले नगद ५१ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापा गाउँपालिकाका रोहित शिवाकोटीले प्राप्त गरेका थिए ।

प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कन्काई नगरपालिकालाई २५–२२, २२–२५, २५–१७ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई २५–२१, २५–२० र २५–२२ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेको थियो । कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुर्भुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]