जेष्ठ ८, २०८२ बुधबार

चिया मजदूरका समस्या सधैं उस्तै

बिर्तामोड । मानव अधिकार एलायन्स झापाले चिया मजदूरहरुको न्यूनतम ज्याला प्रावधान र कार्यान्वयन विषयक बहु सरोकारवालाबीच अन्तरसम्वाद कार्यक्रम गरेको छ । प्रदेशसभा सदस्य जसमाया गजमेरको प्रमुख आतिथ्यतामा मंगलबार विर्तामोडमा आयोजित कार्यक्रममा चिया मजदूर, उद्योगी, साना चिया किसानलगायतको उपस्थितिमा धनीभूत छलफल हुन नसक्दा समस्या जहिल्यै उस्तै रहेको सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रममा प्रेमा भट्टराईले चिया मजदूरको अमिलो कथा र ज्याला पाउन जहिलै सकस पर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले प्रस्तुत गरेको कार्यपत्रमा सरकारले तोकेको ज्याला दिन चिया बगान र कारखानाका सञ्चालकहरु तयार भए पनि सामाजिक सुरक्षा कोष लागू नगरेको, कोभिडका जोखिममा काम गर्ने मजदूरहरुले स्वास्थ्य सुरक्षाका सामानहरु प्रयोग गर्न नपाएको, मजदूरहले ज्यानै जोखिममा राखेर लकडाउन अवधिमा बगाएको पसिनाको अतिरिक्त मूल्यांकन नभएको उल्लेख गरिएको छ ।

स्थानीय पालिकाहरुले चिया क्षेत्रका मजदूरहरुको समस्याका बारेमा उदासिन देखिएको कार्यक्रमका वक्ताहरुले आरोप लगाएका थिए । कार्यक्रममा नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, गैर सरकारी महासंघका अध्यक्ष हरिप्रसाद गौतम, चिया मजदूर नारायण दर्जी, सवित्रा देवी बञ्जरालगायतले चिया मजदूर र उद्योगीहरुको समस्यामा सरकारले नजरअन्दाज गर्न नमिल्ने बताएका थिए ।
संस्थाका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेलीले संस्थाले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए । संस्थाले विगत लामो समयदेखि चिया मजदूर र चियाका समस्यामा विषयमा सरकार र मजदूरबीच सहजीकरण गर्दै आएको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  ११ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]