जेष्ठ ८, २०८२ बुधबार

स्नातक तहका ४९ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ ।

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा मङ्गलबार चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेशनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा प्रत्येक प्रदेशमा बिबिएम ई–बिजनेश पढ्न चाहने एक छात्रालाई पूर्ण सहुलियत, १४ विद्यार्थीलाई ट्युसन कक्षा पढ्न शत प्रतिशत र २८ विद्यार्थीलाई ५० प्रतिशत छुट दिने उल्लेख छ । चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराइने बताउनुभयो ।

चेम्बरसँगको सहकार्यमा फाउण्डेशनले स्नातक तहको पढाइमा रु एक करोड १७ लाख बराबरको सहयोग गर्ने फाउण्डेशनका अध्यक्ष जलानले बताउनुभयो । सूचना प्रविधिको विकाससँगै अबका दिनमा ई–विजनेश शिक्षा प्रभावकारी हुने अध्यक्ष जलानको भनाइ थियो ।

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  १२ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]