भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना
काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे एएनआईले जनाएकाे छ ।

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।
दुर्घटनाग्रस्त भएकाे सेनाकाे याे हेलिकप्टर एमआई सिरिजकाे थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । रावतलाई गएकाे जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएकाे थियाे ।
हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।