जेष्ठ १, २०८१ मंगलबार

नयाँ भेरियन्ट नियन्त्रण गर्न तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणको राम्रो तयारी भईरहेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिएका हुन् । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिई सकिएको उनको भनाई छ ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको जानकारी दिए । मन्त्री यादवले भने, ‘ कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ ।’ अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको उनले बताए । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ ।

उनले कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेका छन् । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ ।

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]