बैशाख ३०, २०८१ आईतबार

भारतीय पूर्वसेना प्रमुख बिपिन रावतकाे निधन

काठमाडौं । भारतीय पूर्वसेना प्रमुखसमेत रहेका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको निधन भएको छ । बुधबार भारतको तमिलनाडुको कुन्नुर जंगलमा भएको सेनाको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले विलिंटनस्थित सेनाको हस्पिटलमा उपचारको क्रममा निधन भएको ट्विटमार्फत् जानकारी दिएका हुन् । मन्त्री सिंहले पूर्वसेना प्रमुख रावतको असामयिक निधनले स्तब्ध तुल्याएको र आर्मी फोर्सले एक योद्धा गुमाएको पनि उनले भनेका छन् ।

हेलिकोप्टरमा सवार १४ जना सबैको निधन भएको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  ६ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]