बैशाख ३१, २०८१ सोमबार

५७ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

बिर्तामोड । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ५७ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म ओमिक्रोन भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो । ओमिक्रोन फैलिने क्रम जारी रहेको साथै विरामीहरु अस्पतालमा भर्ना हुने संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओले जनाएको छ ।
पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका तीन मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म दई जनामा भेरियन्ट पुष्टि भएको छ भने भारतमा यसबाट संक्रमितको संख्या २१ पुगेको छ । त्यस्तै, कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाई गर्न थालेका छन् । इजरायल र जापानले विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपालले समेत हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

तर ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य आइसकेको छैन । एजेन्सी

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]