बैशाख ३१, २०८१ सोमबार

आज एमाले अध्यक्ष ओलीसँग पत्रकार साक्षात्कार

काठमाडौं– प्रेस चौतारी नेपालले चितवनको सौराहामा भएको १० औं राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम गर्दैछ ।

प्रेस चौतारी नेपालले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरेको उपाध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

सौराहामा मंसिर १० गतेदेखि भएको महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको थियो ।

मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्नुअघि हुने पत्रकार सम्मेलनमा समसामायिक राजनीतिक परिस्थिति, आगामी रणनीति तथा पार्टी अभियानबारे अध्यक्ष ओलीले धारणा राख्नु हुनेछ ।

केन्द्रीय कमिटी बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ ।

यसैगरी जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूची छ ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]