जेष्ठ ९, २०८२ बिहीबार

दिनप्रतिदिन चिसो बढ्दै

बिर्तामोड । दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो हिजो भन्दा पनि कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।  

हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जोमसोमको माइनस १, जिरीको १ दशमलव १, डडेलधुराकाे ४ दशमलव ३ र पोखराको ९ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

पानी परेपछि चिसो ह्वात्तै बढ्ने गरेको भए पनि यो वर्ष पानी नपरेकै समयमा पनि न्यूनतम तापक्रम कम भएको छ ।  बिहान बेलुका, हुस्सु, कुहिरो लागेकाले  चिसो बढेको उहाँले बताउनुभयो ।

अहिले पनि देशको पहाडी र तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहि हटेर घाम लाग्ने  सम्भावना छ । आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने वा हिमपातको सम्भावना छैन ।

पर्सिदेखि भने पश्चिमी वायुको सामान्य प्रभाव पर्ने सक्ने भएकाले देशका केही ठाउँमा सामान्य पानी पर्ने  र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]