बैशाख २१, २०८१ शुक्रबार

दमकबाट ब्राउनसुगरसहित ५० वर्षीया महिला पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकले लागुऔषधसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीवार दमक –७ बस्ने ५० वर्षीय मुन्नी बेगमलाई नियन्त्रणमा लिएको हो ।

बेगमको घरमा लागुऔषध रहेको भन्ने बिशेष सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोलीले खानतलाशी गरेको थियो । खानतलासी गर्दा मुन्नी बेगमको कोठाबाट कयम चुर्ण लेखिएको बट्टा भित्र प्रतिबन्धित लागू औषध ब्राउन सुगर ११ पोका (६.५०० ग्राम) भेटिएको थियो ।
प्रहरीले मुन्नी बेगमलाई तत्कालै नियन्त्रणमा लिई इप्रका दमकमा राखेर अनुसन्धान गरिरहेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने पाठकको भनाई छ ।

प्रकाशित मिति : पुष २, २०७८ शुक्रबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]