माघ १०, २०७८ सोमबार

न त त्यो मान्छे हो, न त शिक्षक नै

आशिष खनाल

जमाना यस्तो पनि थियो जतिबेला आफुले गरेको गल्तिका कारण बिधालयमा शिक्षकद्वारा पाएको सजायको जानकारी आफ्ना अभिभावलाई दिन आट आउदैन थियो । दिउ पनि कसरी ? कुच्चाका डाक्ला, दाउरा, पानीको पाइपको टुक्रा जे ले भेट्यो त्यसैले खाइन्थ्यो फेरि । तिघ्रामा बसेको छाप बा आमाले देख्नु होला कि भनेर ठुटे कट्टु लगाएर बस्न सकिँदैन थियो । जति सुकै गर्मी किन नहोस् । कारणबस् कोहि शिक्षक घरमा आउनु भएको सुइको मात्र पाउँदा पनि शिक्षक नफर्कीएसम्म सास थामेर कोठाम मै बसिन्थ्यो । बाटोमा कुनै शिक्षकलाई भेटे आँखामा हेरेर बोल्न सकिएन कहिले । स्कुलको कुरा घरमा पुग्ला, घरको कुरा शिक्षक शिक्षिकाले थाहा पाउलान् कि भन्ने डर सधै भइ रहन्थ्यो । त्यसैले होला सायद कहिलै गलत काम गर्न सकिएन, गरिएन ।

सबै भन्दा धेरै डर र सम्मान आफुलाई पढाउने गुरु गुरुआमा प्रति नै थियो । सधैं बा आमा पछि । गल्ती गर्दा सजाय पाइन्थ्यो र पो फेरि त्यहि गल्ती दोहो¥याइएन । कान समातेर उठ बस गर्नु, कक्षामा कुखुरा बन्नु,तोरिको फुल देखिने गरि कन्सिरी उखेलेनु जस्ता अति सामान्य सजायसँग पनि कति धेरै डराइन्थ्यो । “केही फटाइ गरेछ भने , राम्रो पढेन छ भने , नराम्रो शब्द बोलेछ भने छाला उक्किने गरि भाटा हाने हुन्छ है सर !’’ छोरा छोरीकै अगाडि सल्लाह दिनु हुन्थ्यो बा आमा । घरमा अभिभावकको डर स्कुलमा गुरु गुरुआमाको । यति भएपछि गलत बाटोमा लाग्ने कुरा त परै जावस सोच्न पनि सकिएन । तर बा आमाको कुरा मानेर गुरु गुरुआमाले पनि कहिल्यै निर्मम सजाय दिनु भएन । दिनु होस पनि कसरी ? सबै केटाकेटी आफ्नै छोराछोरी जस्तै लाग्दो रहेछ । बा आमाले पनि आफ्ना मुटुका टुक्राको माया नभएर त्यसो भन्नु भाको होइन रहेछ । त्यो पछि मात्र रियलाइज भयो ।

तर,अब जमाना परिवर्तन भएको छ । घर घरमा बिजुली बत्ती ,टिभी , कम्प्युटर , इन्टर्नेट , मोबाइल सबैको सुबिधा जन्मने बित्तिकै प्राप्त गर्छन् केटाकेटी आजकल । हेर्न हुने नहुने, सुन्न हुने नहुने सबै कुरा हेर्न र सुन्न पाएका छन् । “केटाकेटीलाई टाइम दिनै सक्दैनौ, काममा जानै पर्यो ।’’ भनेर जिम्मा लगाउनु हुन्छ शिक्षकलाई अभिभावकहरु आफ्ना केटाकेटी । अनि पर्यटक झै त्रैमाशिक रूपमा भेट्नु हुन्छ शिक्षकलाई । बिचरा ती शिक्षक । स्कुलको मात्र जिम्मा लिन्छन, घरमा हुँदाको जिम्मा कस्ले लिने ? घरमा कस्ता साथीको संगत गर्दैछन् कसरी थाहा हुन्छ ?

कुनै बिधार्थीलाई गाली मात्र गर्यो भने पनि भोलि पल्ट अभिभावक आइहाल्नु हुन्छ । अनि त्यो बिध्यार्थी कै अगाडि यस्तो गाली गर्नु हुन्छ कि शिक्षकलाई, भोलि पल्ट देखि त्यो बिध्यार्थीको आखामा हेर्न पनि सक्दैन शिक्षकले हिनताबोधका कारण । हिजोसम्म समाज सुधार्ने जिम्मा, देश बनाउने कुशल कर्णधार उत्पादन गर्ने ठेक्का मैले लिएको छु भन्दै ठूलो कुरा गर्ने शिक्षक भिजेको कुकुर झै पुछर टाङ्ग मुनि हालेर मौन हुन्छ ।

कोहि पनि शिक्षक त्यस्तो क्रुर हुनै सक्दैन । जस्ले ती कलिला केटाकेटीलाई निर्मम सजाय दिन सकोस् । उ पनि मान्छे नै हो । उस्को पनि परिवार हुन्छ, आफ्ना छोराछोरी हुन्छन् । बेला बेला सञ्चार माध्यममा समाचार आउँछ बिधार्थीले निर्मम सजाय पाएको । तर जसले त्यस्तो सजाय दिन्छ ,न त त्यो मान्छे हो, न त शिक्षक नै । त्यो त पशु हो जस्ले कलिला केटाकेटीको भावना बुझ्दैन । उनीहरु प्रति एक रति माया देखाउन सक्दैन ।

जबसम्म कान उखेलेको, उठ्बस गराएको, घुडा टेकाएको आदि जस्ता अति सामान्य सजायलाई अतिरन्जित गरि शिक्षकलाई हिनताबोध गराइन्छ । आफ्ना छोरा छोरीलाई त्यो शिक्षकसँग नडराउने बनाइन्छ तबसम्म कुनै पनि बिधार्थीको शैक्षिक र चारित्रीक बिकास हुनै सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास