जेष्ठ १०, २०८२ शुक्रबार

केन्द्रीय समितिमा देउवालाई दुई तिहाइ

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो।

मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ। पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ। नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन्।

चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट निर्वाचित भएका छन्। इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएकी निवर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन्। उनलाई पछि पार्दै मधेसी महिला समूहबाट मञ्जुकुमारी यादव, नागिना यादव, मुक्ताकुमारी यादव र मीनाक्षी झा निर्वाचित भएका छन्। मुक्ताकुमारीले अहिलेसम्मको सर्वाधिक मत पाएकी छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रकाशित मिति : पुष ७, २०७८ बुधबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]