बैशाख २१, २०८१ शुक्रबार

झापामा अध्यक्ष ओलीको दोस्रो दिनः अस्पतालदेखि भ्यूटावरसम्मको निरीक्षण

झापा – तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोस्रो दिन पनि व्यस्त रहनुहुने भएको छ ।

एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार आज बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैगरी साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नुहुनेछ । यस्तै साढे १२ बजे दमक ४ मा अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गर्नुहुनेछ ।

थापाका अनुसार साढे २ बजे शान्ति मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ । अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आज दमक मै बस्नुहुनेछ ।

प्रकाशित मिति : पुष ११, २०७८ आईतबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]